सूचना
नयाँ भवन, नयाँ उत्साहः साँघु स्वास्थ्य चौकी भवनको समुद्घाटन सम्पन्न!
साँघु, ताप्लेजुङ | २०८३ जेष्ठ १
"सुखी र समृद्ध मैवाखोलाको आधारः अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार" भन्ने संकल्पका साथ आज २०८३ जेष्ठ १ गते, मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित साँघु स्वास्थ्य चौकीको नवनिर्मित भवन एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ।उक्त नवनिर्मित भवनको समुद्घाटन गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्यूले गर्नुभएको हो। स्वास्थ्य सेवालाई थप गुणस्तरीय, भरपर्दो र सुविधायुक्त बनाउने लक्ष्यका साथ निर्माण गरिएको यस भवनले साँघुवासी लगायत आसपासका नागरिकहरूलाई सहज स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास पालिकाले लिएको छ।
शिक्षा तथा पूर्वाधार विकाससँगै नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै 'स्वस्थ मैवाखोला' निर्माणको अभियानमा हामी निरन्तर अघि बढिरहेका छौं। यस सुखद अवसरमा सम्पूर्ण मैवाखोलाबासी नागरिकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
#Maiwakhola #HealthService #InfrastructureDevelopment #SanghuHealthPost #LocalGovernment #HealthyMaiwakhola #WealthyMaiwakhola #Inauguration















