सूचना
मैवाखोला गाउँपालिकामा कफी खेती विस्तार गर्न गाउँपालिका द्वारा किसानहरुलाई कफीको विरुवा वितरण
मैवाखोलामा कफी खेती विस्तार गरिँदै, गाउँपालिकाद्वारा किसानलाई बिरुवा वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती विस्तार गर्ने लक्ष्यसाथ तल्लो भेगका किसानलाई कफीको बिरुवा वितरण । गाउँपालिकाले किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक घरलाई न्यूनतम १ सय वटा कफीको बिरुवा प्रदान गर्दै कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रमको सुरुवात वडा नं. १ र २ का किसानहरुलाई बिरुवा वितरण गर्दै गरिएको हो । किसानलाई विरुवा वितरण गर्दै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई कफी खेती गर्दा अनिवार्य रूपमा जैविक मल र जैविक विषादी मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका अन्य वडाका तल्लो क्षेत्रका किसानहरुलाई समेत क्रमशः बिरुवा वितरण गरिने ।
यसअघि मैवाखोला गाउँपालिकाको अनुरोधमा चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना, लालीखर्क पाँचथरद्वारा सो क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएको थियो । उक्त अध्ययनले पालिकाका सबै ६ वटै वडा कफी खेतीका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो ।
अध्ययन प्रतिवेदन अनुसार वडा नं. १ को तेल्लाबुङ, वडा नं. २ को तेम्बे टोल, हात्ती खावा (बाटोमुनि हाङ्थाना तल्लो भाग), वडा नं. ३ को माङ्हिम टोल र भट्टराई टोल, वडा नं. ४ को घिमिरे टोल (रिफाइले जाने बाटोमुनिको क्षेत्र), वडा नं. ५ को नुमलोक फाकुम्बा र घोडेटार, तथा वडा नं. ६ को हाङ्फाबुङ र साङलुपा क्षेत्र कफी खेतीका लागि उपयुक्त स्थानको रूपमा पहिचान गरिएको थियो ।
मैवाखोला गाउँपालिकामा कफी खेतीका लागि आवश्यक भूगोल, माटो, हावापानी लगायतका प्राकृतिक विशेषता अनुकूल रहेकोले आगामी दिनमा कफी उत्पादनसँगै प्रशोधन र बजारिकरणतर्फ समेत ध्यान दिने योजना बनाईएको छ ।